बैतडीमा खाना पकाउने ग्याँस लिक भएर आगो लाग्दा एक जना घाइते

बैतडी- बैतडीमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर आगो लाग्दा एक जना गम्भीर घाइते भएका छन्। जिल्लाको सिगास गाउँपालिका–९ चौखामका ४० वर्षीय सुरेन्द्र धामी गम्भीर घाइते भएका हुन्।

आइतवार बिहान स्थानीय शिक्षक समेत रहेका सलिभान धामीको घरमा रहेको सिलिण्डर मर्मत गर्ने क्रममा सिलिण्डरबाट ग्याँस लिक भएर लागेको आगोले धामी गम्भीर घाइते भएको वडा नम्बर–९ का वडाध्यक्ष कृष्णसिंह धामीले बताउनुभयो ।

सुरेन्द्रको अनुहारसहित शरीरका विभिन्न भाग जलेको छ। यसैगरी धामीकी श्रीमती ३८ वर्षीया धनमती धामी पनि सामान्य घाइते भएकी छन्। उनी स्थानीय देउलेक स्वास्थ्य केन्द्रबाट उपचार गरी घर फर्किएकी छन्। सुरेन्द्रलाई भने थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

Leave A Reply

Your email address will not be published.