कैलाली-कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार भजनी नगरपालिका-४ कुणीमा मोटरसाइकल दुर्घटना हुँदा जानकी गाउँपालिका-३ का सुनिलकुमार थारूको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थारूको कोहलपुर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएकोमा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।