बैतडी-बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा यही कात्तिक २९ र ३० गते ‘देहीजात’ हुने भएको छ । ‘देहीजात’मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा हो ।
मेलौली नगरपालिका १ मा रहेको सो मन्दिरमा लाग्ने ‘देहीजात’मा बोका र राँगाको बलि दिइने गरेको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश सिंह नायकले बताउनुभयो ।
देहिजाँतको रूपमा परिचित मेला बलि सहितको भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका नायकले बताउनुभयो ।
मेलामा ब्यापार गर्नको लागी छिमेकी राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।