बैतडीको प्रसिद्ध शिवनाथ जात्रा कार्तिक २३ गते लाग्ने

बैतडी : बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिवनाथ देवालयको मन्दिरमा लाग्ने जात्रा (शिवनाथकी जाँत) यहि कार्ति २३ गते लाग्ने भएको छ। हरेक वर्ष कार्तिक सप्तमिको राति लाग्ने (रतेडि) मेला यहि कार्तिक २३ गते र अष्टमीका दिन लाग्ने (दिउसेडि) मेला यहि कार्तिक २४ गतेका दिन लाग्ने मेला व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र सिह कार्किले बताउनुभयो।

शिवनाथ गाउँपालिका-०६ शिवनाथ धुरामा अवस्थित शिवनाथ मन्दिरमा लाग्ने मेलामा तल्लो स्वराड क्षेत्रका तिन पालिका मेलौली नगरपालीक, शिवनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकाबाट देउराहरु आउने गरेका छन। यसैगरि पाटन नगरपालीका, दशरथचन्दँ नगरपालीका लगायतका क्षेत्रबाट समेत देउरा आउने गरेको स्थानीय तपेन्द्र सिह धनाडीले जानकारी दिए।

मेला हेर्न र देवताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिवनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको जनाईएको छ।

शिवनाथ देवालयको मन्दिरमा असोज नवरात्रा, चैत नवरात्रा, अषाढ महिनामा अषाढी जाँत र श्रावण महिनामा मेला तथा पुजा गरिन्छ। मेलामा शिवनाथ गाउपालीका–०५ कफाडीबाट पहरी जाति र ठकुरिहरुको सामुहिक देउरोसगं छालाबाट बनेको भकुण्डो (गिर) जाने गरेको शिवनाथ गाउँपालिका–०५ का वडाध्यक्ष केशव बहादुर चन्दले बताउनुभयो।

स्थानिय भाषामा गिर भनेर चिनिने छालाको भकुण्डो उदयदेव देबताको मेलामा खौल बाधेको रागाँको छालाबाट बनाईने गरेको छ। पहिला पहिला गिरलाई दिउसेडी मेलाको बिहान धनाडी जाति र साउन जातिले मुख्य रुपमा खेल्ने गरेको भएपनि हाल भने मेलामा सहभागिहरुले पनि खेल्ने गरेका छन।

मेलामा भारतबाट व्यापारीहर ब्यापार गर्नको लागि समेत पुग्ने गरेका छन। मेलालाई सभ्य भब्य र शान्त बनाउनु शिबनाथ गाउँपालिका, वडा कार्यालय र मेला ब्यवस्थापन समितिले सबैमा आग्रह गरेको छ। मन्दिर क्षेत्रभित्र मदिरा सेबन, बिक्रि बितरण तथा ओसार पोसार गर्न, जुवा तास खेल्न खेलाउन, र अन्य अबैध कृयाकलाप नगर्न आग्रह गरिएको छ।

मेलामा स्थानिय जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देख्न पाइन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

मेलाको दिन गाउँपालिकाले यहि कार्तिक २३ गते एकदिन सार्वजनीक बिदा दिएको छ। २४ गते शनिबार परेकाले गाउँपालिकाले एकदिन सार्वजनीक बिदा दिएको हो।

Leave A Reply

Your email address will not be published.