बैतडी : शिवनाथ गाउँपालिकाले आज स्थानीय बिदा दिएको छ। बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिवनाथ देवालयको मन्दिरमा लाग्ने जात्रा (शिवनाथकी जाँत) को अवशरमा आज स्थानीय बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले जानकारी दिए।
मेलाको लागि गाउँपालिका भित्र आज सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ। शिवनाथ देवालयमा हरेक बर्ष कार्तिक सप्तमिको राति अर्थात आज (रतेडि) र अष्टमीका दिन अर्थात भोली (दिउसेडि) मेला लाग्दै छ।
शिवनाथ मेला हेर्न र देवताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिवनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको छ।
