कर्मचारी मृत फेला


माघ २२, शनिबार,२०७८

बैतडी- नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा कार्यरत कर्मचारी मृत फेला परेका छन्।

मृत फेला पर्नेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौँका ४५ वर्षीय मानसिंह रावत रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

बिहीबारदेखि सम्पर्कविहीन रावतको खोजी गर्दा घर नजिकै मृत फेला परेका हुन्। रावतको मृत्युको कारण खुल्न सकेको छैन।

रावतको शव अहिले परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको र अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.