बैतडीका बजार क्षेत्रमा नाङ्गो तार हटाएर कालो तार विस्तार गरिदैँ

बैतडीका बजार क्षेत्रमा नाङ्गो तार हटाउन सुरु भएको छ। जिल्लाको पाटन बजारबाट नाङ्गो तार हटाएर कालो तार विस्तार गर्ने लागिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।

मुख्य गरि अहिले पाटन नगरपालिको खोड्पे बजार, पाटन बजार, देहिमाण्डौ र सदरमुकामको गाठलापानी बजार क्षेत्रको नाङगो तार हटाउन थालिएको वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए। नाङ्गो तारका कारण दुर्घटनाको जोखिम बढेकाले सरकारले सुरुवातमा बजार क्षेत्रका तारहरु हटाउन थालेको हो । बैतडी लगायत देशभर बिद्युतको नाङ्गो तारमा छुदाँ करेन्ट लागेको मृत्यु भएका घटनाहरु आएरहेका हुन्छ । कालो तार पाईप जस्तै भएकाले करेन्ट नलाग्ने खालको हो।

नयाँ बिद्युत विस्तार भन्दा केही चुनौती रहेकाले पाटन बजारबाट कालोतारबाट बिद्युत प्रवाह गर्ने काम अवाडी बढेको केन्द्र प्रमुख पौडेलले बताए।

नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका तारले बैतडीका बजार क्षेत्रमा अव्यवस्थित छन्। बजारको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका बजारका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको वितरण केन्द्रले जनाएको छ।

Leave A Reply

Your email address will not be published.