बैतडीमा भिरबाट लडेर एक महिला घाइते

बैतडी-बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

जिल्लाको मेलौली नगरपालिका–४ की ३० वर्षीया निर्मला चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

चन्द भिरमा खर काट्नेक्रममा लडेर घाइते भएकी हुन्। उनलाई उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.