प्रसिद्ध मेलौली ‘देहिजाँत’का लागि नगरपालिकाले दियो,दुई दिन सार्वजनिक बिदा

बैतडी-जात्राको लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ। जिल्लाको मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो।

मेलौली नगरपालिका वडा न -१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ। बिदाको दुई दिन नगरक्षेत्र भित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्था लगायतका कार्यालय बन्द रहने नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।

मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन पशु बलि सहित जात्रा हुने गरेको छ। सो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। मेलौली भगवती मन्दिरमा लाग्ने जात्रालाई स्थानीयहरुले सबैभन्दा ठूलो पर्वका रुपमा लिइने गरिएको छ।

मेलामा ब्यापार गर्नको लागी छिमेकी राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

Leave A Reply

Your email address will not be published.