कञ्चनपुरको २ घरमा आगलागी

कञ्चनपुर-कञ्चनपुरको २ घरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका- ५ प्रगति टोल र कृष्णपुर नगरपालिका-१ पहरिया टोलको कच्ची घरमा आगलागी भएको हो।

भीमदत्तमा आगलागी हुँदा १ लाख ५० हजार बराबरको सरसामान जलेर नष्ट भएको अस्थायी प्रहरी बिट सुकासालले जनाएको छ। यस्तै कृष्णपुरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको अस्थायी प्रहरी पोष्ट पहरीयाले जनाएको छ। दुबै स्थानमा आगलागी हुँदा मानविय तथा पशु क्षति नभएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.