बैतडी: फेसबुकमा गाली गर्ने किशोर प्रहरी नियन्त्रणमा

बैतडीमा सामाजिक सञ्जालमा गाली गलौज गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। सिगास गाउँपालिका–३ का अन्दाजी १७ वर्षीय एक किशोर गाली गलौज गरेको आरोपमा पक्राउ परेका हुन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत जनप्रतिनिधिहरुलाई छाडा शब्द प्रयोग गर्दै गालीगलौज गरेको भन्दै निवेदन आएको र त्यसपछि ती किशोरलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

शुक्रबार सिगास गाउँपालिकाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको अवस्थामा ती किशोरले गाउँपालिकाका जनप्रतिनिधिहरुलाई छाडा शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा गालीगलौज गरेका थिए। त्यसपछि ती किशोरका बिरुद्ध पालिकाले शनिबार प्रहरीमा निवेदन दिएको थियो।

उनलाई शनिबार नै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। यस विषयमा थप सोधपुछका लागि उनका अभिभावकहरुलाई जिल्ला बोलाइएको छ।

Leave A Reply

Your email address will not be published.