बैतडी : अखिल नेपाल महिला (अनेम) संघको पुर्चौडी नगर कमिटी विस्तार गरिएको छ। आइतबार पुर्चौडीमा सम्पन्न नगर सम्मेलनबाट कलावती बिष्टको अध्यक्षतामा पुर्चौडीको अनेम संघ विस्तार गरिएको हो।
बिष्टको अध्यक्षतामा ३१ सदस्यीय अनेम संघ नगरकमिटि गठन गरिएको हो। यसअघि माधवी बिष्टको अध्यक्षमा सुरु भएको सम्मेलनको प्रमुख अतिथिमा अनेम संघका स्थायी कमिटि सदस्य एवं बैतडी जिल्ला इन्चार्ज सरस्वती नेपाली रहनु भएको थियो।
बिशिष्ट अतिथिमा अनेम संघका केन्द्रिय सदस्य एवं प्रदेशसभा सदस्य जानकी ऐर बम, नेकपा एमालेका जिल्ला कमिटि उपसचिव पार्वती भट्ट, अनेम संघका बैतडी जिल्ला कमिटि सदस्य सरस्वती कोली, नेकपा एमाले पुर्चौडीका नगर कमिटि अध्यक्ष जयलाल साउँद लगायत अनेम संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
जिल्लाका अन्य पालिकामा कमिटि विस्तार भइसकेको छ। अन्य पालिकाहरुमा प्रशिक्षण कार्यक्रम सञ्चालनको क्रममा रहेको बैतडी जिल्ला इन्चार्ज नेपालीले बताइन्।