बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी-बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का ६० वर्षीय प्रेम चन्द सोमवार पक्राउ परेका हुन।

उनलाई जिल्ला अदालत बैतडीले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष ३ महिना ३ दिन कैद सजाय र २५ हजार जरीवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रहरी टोलीले सोमवार पक्राउ गरेको हो।

Leave A Reply

Your email address will not be published.