कञ्चनपुरमा ७७ वर्षीय वृद्ध लागुऔषध सहित पक्राउ

कञ्चनपुर-कञ्चनपुरमा ७७ वर्षीय एक वृद्ध लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–५ बनगाउँका ७७ वर्षीय पिउठ बोहरा लागुऔषधसहित पक्राउ परेका हुन।
उनलाई २ किलोग्राम चरेसहित बुधवार दिउँसो लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनको गोठ तलासी गर्दा गोठमा लागुऔषध फेला परेपछि बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Leave A Reply

Your email address will not be published.