बैतडीको पञ्चेश्वर गाउँपालिमा–०४ आमचोरामा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने मेला धुरा वे जात्रा सुरु भएको छ। कार्तिक कृष्ण षष्ठी र सप्तमिका दिन लाग्ने मेला आजबाट सुरु भएको हो। आज पहिलो दिन रतेडी र भोली दिउसेडी मेला मेला व्यवस्थापन समिति अध्यक्ष कमला चन्दले बताउनुभयो।
मेला हेर्न र देवताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा ब्यापार गर्नको लागि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने स्थानीय बिरेन्द्र भट्टले बताउनुभयो।
मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा धुरा जातमा देख्न पाइन्छ।
सस्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्द छ। मेलाको अवशरमा पञ्चेश्वर गाउँपालिकाले आज र भोली सार्वजनीक बिदा समेत दिएको छ।