जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्। नेपाली काँग्रेसले उनलाई उम्मेदवार बनाएको थियो। एमालेको समर्थनमा उनले उम्मेदवारी दिएकी थिइन्।
नागरिक उन्मुक्ति पार्टीकी रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन्। बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी हन्।
समन्वय प्रमुखमा निर्विरोध भएकी भुल कैलारी गाउँपालिका–२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्। कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो।