बैतडी: मेलौली नगरपालिका वडा नं ३ को कार्यालयमा लागेको ताला खुलेको छ। शुक्रबार तालाबन्दी गर्ने पक्ष र वडाका जनप्रतिनिधिबीच सहमती भएपछि ताला खुलेको हो।
आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा कार्यालय नजिकै स्थापना गरिनुपर्ने मागसहित मंगलबार लगाइएको थियो। तालाबन्दी गर्ने पक्षको माग अनुसार वडा कार्यालय नजिकैबाट स्वास्थ्य सेवा सुचारु गरिएपछि ताला खुलेको छ।
वडा कार्यालयका कार्यालय सहयोगी रघुबिर सिंह ठगुन्नाको निजि घरमा आजैका मितिदेखि स्वास्थ्य सेवा सुचारु गर्नेगरी सहमती भएको र तालापनि खुलेको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए। ताला खुलेसँगै सेवा पनि सुचारु भएको उनले बताए।
मेलौली नगरपालिकाले अहेव गणेश बहादुर चन्दलाई आधारभूत स्वास्थ्य सेवा केन्द्रका लागि खटाइसकेको छ। शुक्रबार भएको छलफलमा वडा अध्यक्ष गगन सिंह भाट, वडा सदस्य कृष्ण सिंह ठगुन्ना, शेर बहादुर चन्द, मानमति कामी, माया भाट, ठगुन्ना, वडा सचिव अनिता चन्द लगायत तालाबन्दी गर्ने पक्षका अधिकांश प्रतिनिधिहरुको सहभागितामा छलफल भएको थियो।