बैतडी-बैतडीकोे मेलौली नगरपालिकाको आयोजनामा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाको वडा न-४ स्थित विजयपुर माद्यमिक विद्यालय तितावैमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको विजयपुर माविका शिक्षक अर्जुन भण्डारीले जानकारी दिनुभयो ।
सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा विजयपुर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।त्यसैगरी मेलौली-१ मा रहेको शीतलपुर मावि दोस्रो,दुर्गा मावि खलिगाड तेस्रो भएको छ । भने धर्मघर मावि सलेनाले सान्त्वना स्थान हासिल गरेको हो ।
प्रथम हुनेलाई नगद ३१५५ रुपैयाँ र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद २१५५ रुपैयाँ र प्रमाणपत्र, तेस्रो हुनेलाई नगद ११५५ रुपैयाँ र प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई ५५५रुपैयाँर प्रमाणपत्र प्रदान गरिएको शिक्षक अर्जुन भण्डारीले बताउनुभयो।
विजयपुर माध्यमिक विद्यालय तितावैका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्र बहादुर चन्दको अध्यक्षता, मेलौली नगरपासिलकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेलौली नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष हर्क बहादुर चन्द, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षक प्रतिनिधी लगायत सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा मेलौली नगरपालिका मा रहेका जम्मा १२ माध्यमिक विद्यालय हरुकोे उत्साहजनक सहभागिता रहेको थियो ।
नगरपालिकाको बार्षिक शैक्षिक क्यालेण्डर अनुसार शैक्षिक गुणस्तरमा सुधार ल्याउन र विध्यार्थीहरु देशका भविष्यका कर्णधार भएकोले उनीहरुको बौद्धिक क्षमता पनि बढाउन आवश्यक रहेको भन्दै विध्यार्थीहरुको बौद्धिक क्षमता बढाउन नगरपालिकाले माध्यामिक र आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता निवन्ध प्रतियोगिता साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरेको मेलौली नगरपालिकाका शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले बताउनुभयो ।
उनका अनुसार यस्ता क्रियाकलापले विधार्थीहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने र विधार्थीहरको शिक्षा क्षेत्रमा क्षमता अभिवृद्धि भई पछि काम पाउन र काम गर्नलाई सहज हुने कुरा बताउनुभएको थियो ।
अन्तर विद्यालय स्तरीय घुम्ती कार्यक्रमले बाल अधिकारका तमाम विषयहरुमा एकले अर्कोबाट सिक्नुको साथै बालबालिकाहरुको अन्तरघुलनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।