बैतडीको प्रसिद्ध धुरा वे (जाँत) सम्पन्न, रौनकतामा कमी

बैतडी : प्रसिद्ध धुरा वे मेला सम्पन्न भएको छ। पञ्चेश्वर गाउँपालिमा–०४ आमचोरामा रहेको शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने मेला (स्थानीय भाषामा धुरा वे जाँत) भनेर चिनिने मेला सम्पन्न भएको छ।

कार्तिक कृष्ण षष्ठी र सप्तमिका दिन लाग्ने मेला सभ्य र भव्य तवरले सम्पन्न भएको मेला व्यवस्थापन समिति अध्यक्ष कमला चन्दले बताउनुभयो। मेला हेर्न र देवताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत श्रद्धालु पुगेको उहाले बताउनुभयो।

विगतका मेला भन्दा यस वर्ष मेलाको रौनकतामा भने कमि आएको महसुस गरिएको छ। मेलामा मान्छेको उपस्थिती र पुरानो चलन खासै नदेखीएको स्थानीय बिरेन्द्र भट्टले बताउनुभयो।

समय परिवर्तन भएसंगै परम्परागत रुपमा मनाईने यि मेलाहरु आध्यात्मिक एवं धार्मिक तवरले भन्दापनि तडक–भडकमा बढि केन्द्रीत हुंदै गईरहेको स्थानीय सस्कृतिका जानकारहरुको भनााई रहेको छ।

यसैगरी मेलामा लगाउने पुराना दिनको पहिरनमा पनि कमि आएको छ। आधुनिक जमानाका कपडाको तिब्र बिकासका कारण पुराना दिनको पहिरनमा कमि आएको कतिपयको भनाई रहेको छ। मेलामा देखिने स्थानिय परिकारमा पनि कमि आएको देखिन्छ। स्थानिय भाषामा माडा, छाच हालेको चोतो, सेल पुरी जस्ता परिकारको पनि प्रयोग/सेवनमा निकै कमि आएको छ। जङफुड, चाना, चाउचाउ, चाउमिन र दालभात मेलामै पाईन थालेपछि स्थानिय परिकारहरु लोप हुन थालेको बृद्धबृद्धाहरुको भनाई रहेको छ।

मेला शान्त मर्यादित तवरले सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई मेला ब्यस्थापन समितिले हार्दिक धन्यबाद ज्ञापन गरेको छ। मेलाको अवशरमा पञ्चेश्वर गाउँपालिकाले दुईदिन सार्वजनीक बिदा समेत दिएको छ।

Leave A Reply

Your email address will not be published.