लागूऔषध मुद्दाका फरार दोषी पक्राउ

धनगढी– कैलालीमा लागूऔषध मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिका–१ का २४ वर्षीय कुमार घर्ति मगर रहेका छन्।

मगरलाइ जिल्ला अदालत कैलालीको फैसलाले लागऔषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकेको थियो। तर उनि फरार थिए, फरार रहेका मगरलाइ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.