दार्चुला: पालिका कर्मचारीको भान्छा कोठामा आगलागी

दार्चुलाः दार्चुलामा ग्याँस चुहावट भई आगलागी भएको छ।

दुँहु गाउँपालिका-२ मन्तड बस्ने चक्र दत्त जोशीको घरमा सोही गाउँपालिकाले भाडामा लिई गाउँपालिकाका कर्मचारीहरुले प्रयोग गर्दै आईरहेको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस चुहावट भई सोमवार आगलागी भएको हो।

आगलागी हुँदा भान्छा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलो लगायत लगायतका सामान गरी अन्दाजी ७ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आगलागी हुँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.