शिवनाथ गाउँपालिकाको नवनिर्मित मुख्य प्रशासनिक भवनको उद्घाटन

मेलौली न्यूज
फागुन ०१ आईतबार,२०७८

बैतडी–शिवनाथ गाउँपालिकाले आफ्नो नवनिर्मित प्रशासकिय भवन उदघाटन गरेको छ । अहिले सम्म भाडमा संचालन रहेको गाउँपालिकाले अव भने आफ्नै नवनिर्मित भवनवाट सेवा दिने छ ।

आज एक कार्यक्रमका विच नवनिर्मित प्रशासनिक भवनको उदघाटन गाउँपालिका अध्यक्ष कर्ण सिह साउद र उपाध्यक्ष कुस्मा चन्दले गरेका छन । नवनिर्मित भवन आर्थिक बर्ष २०७५÷०७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि २ करोड विनियोजन गरेको थियो ।

२०७६ सालमा ठेक्का मार्फत भवन निर्माण सुरु गरेको भए पनि विभिन्न समस्याले गर्दा म्याद थपी भवन निर्माण सम्पन्न गरि हस्तान्त्रण गरेको गाउँपालिकाका भौतिक शाखा प्रमुख हेमन्त राज जोशीले बताए ।

नव निर्मित दुई तले भवनमा सभाहल सहित १६ कोठा रहेका छन् । आज सम्म पालिकाले भाडाका घरवाट सेवा दिइरहेको र अवका दिनमा आफ्नै भवनबाट सेवाग्राहिलाई सेवा दिईने गाउँपालिका अध्यक्ष साउँदले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दँले भवन उद्घाटन कार्यक्रममा बोल्दै नव निर्मित भवनबाटै गाउँवासीलाई सेवा मुस्कान सहितको सेवा प्रवाह गरिने बताए । उद्घाटन समारोहमा विभिन्न क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सुरक्षाक्रमि, सञ्चारक्रमि एवंम सर्वसाधारणको सहभागिता रहेको थियो ।

साथै सामुदायिक रेडियो मेलौलीले गाउँपालिकाले नवनिर्मित प्रशासकिय भवन उदघाटन समारोहको पत्यक्ष प्रशारण गरेको थियो ।

Leave A Reply

Your email address will not be published.