बिआरआई : ऋण लिने पक्षमा सरकार छैन, नेता साउँद

बैतडी : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण प्रकाश (एनपी) साउँदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताउनुभएको छ। बिहीबार बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उहाँले नेपालको ऋण लिने सक्ने सामथ्र्य नरहेकोले सरकारले अनुदान मात्रै दिनुपर्ने उहाँले बताउनुभयो।

चिनिया परियोजना बिआरआई विषयमा आफ्नो धारणा राख्दै नेता एनपी साउँदले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो,“ नेपालको अर्थतन्त्र दबाव र चापमा काम गरिरहेका परिस्थितिमा थप ऋण लिन हुँदैन्। नेपालको ऋण लिने सक्ने सामथ्र्य नभएकोले छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ ।”

यसका साथै उहाँले आसन्न उपनिर्वाचनबाट जनताले सरकारबाट पाएको सेवासुविधाको मुल्यांकन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,“‘यो उपनिर्वाचनबाट जनताले सरकारको मूल्यांकन गर्नेछन्। सरकारबाट पाएको सेवासुविधाको मूल्यांकन समेत हुनेछ।”

यसैबीच गत आम निर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारवाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलीरहेको समेत नेता साउँदले बताउनुभयो। पत्रकार सम्मेलनमै बोल्दै कांग्रेस एकसय दिने विषेश अभियानका लागि प्रतिनिधिका रुपमा बैतडी खटाइएका केन्द्रीय सदस्य एवं पर्यटन विभाग संयोजक आंगेलु शेर्पाले पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सुरु गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो,“ अभियान प्रभावकारी रुपमा सञ्चालन भइरहेको छ। यसले आगामी दिनमा पार्टीलाई थप मजबुद र सबै तहका सांगठनिक गतिविधि प्रभावकारी हुने विश्वास गरिएको छ।”

Leave A Reply

Your email address will not be published.