बैतडीको पाटन नगरपालिकामा शनिबारदेखि बृहत योग विज्ञान शिविर सुरु भएको छ। पाटन नगरपालिकाको सहयोग र पतन्जली योग साधना केन्द्र पाटनको आयोजनामा साप्ताहिक योग शिविर संचालन भएको हो।
पतन्जली नेपालका मुख्य प्रभारी लबदेव मिश्रले योग शिविरको ७ दिने सुरुवात गरेका हुन्। प्रशिक्षकका लागि बिहान ५ बजेदेखी ६ः ३० सम्म महिला विकासको हलमा र नगरपालिकाको खुल्ला मञ्चमा बिहान ६ः ३० देखी सबैका लागि बृहत योग विज्ञान शिविर सञ्चालीत रहेको योग साधना केन्द्र पाटनका कोषाध्यक्ष शंकर भट्टले बताए।
नेपाल पतन्जली योगपिठका केन्द्रिय अध्यक्ष लगायतका राष्ट्रिय योग प्रशिक्षकद्धारा योग विज्ञान शिविरमा प्रशिक्षण गराइरहेको पाटन नगरपालिकाका उपप्रमुख एवं पाटन पतन्जली योग साधना केन्द्रका अध्यक्ष कमल बोहरा अपीले बताए। योग विज्ञान शिविरले शिक्षा, स्वास्थ्य, राजनितीक र सामाजिक क्षेत्रमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधि र राजनितीज्ञहरुलाई प्रशिक्षक बनाउने उद्देश्य राखिएको नगर प्रमुख गौरी सिह रावलले बताए।
यस शिविरमा सहभागि भएका साधकहरुले आफ्नो कार्यक्षेत्रमा गएर योग अभ्यास कार्यक्रम गराउने नगर प्रमुख रावलले बताए। शिविरमा सेतो कपडा लगाएर जनप्रतिनिधि, निमावी र माविका शिक्षकहरु, स्वास्थ्यकर्मी, कर्मचारी, मनोसामाजिक कार्यकर्ता, स्थानीय नागरिकको उल्लेख सहभागिता छ।
योग अभ्यास गर्ने १५ तरिका गरेर सिकाउने काम भइरहेको सुदूरपश्चिम प्रमुख प्रभारी काशीनाथ भट्टले बताए।