नेकपा एमाले बैतडी पालिकास्तरिय कार्यकर्ता प्रशिक्षणमा, ५ पालिकामा सम्पन्न

बैतडी: नेपाल कम्युनिस्ट पार्टी (एमाले) बैतडीले पालिकास्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । यहाँका १० वटै पालिकामा दुई दिने पालिकास्तरिय प्रशिक्षण भइरहेको नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष नरेश विकले बताए। उनका अनुसार एमालेले बैतडीका ५ स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ।

एकीकृत मार्क्सवादी९लेनिनवादी पार्टीले संगठन निमार्ण, सदस्यता नविवरण र पार्टीको सिद्धान्तका बिषयमा प्रशिक्षण गरिरहेको नेकपा एमाले दशरथचन्द नगर कमिटि इन्चार्ज निर्मल पाडेण्यले बताए।

उनका अनुसार शनिबार पाटन नगरपालिकामा दुई दिने प्रशिक्षण सम्पन्न गरिएको छ। आईतबारबाट तल्लो स्वराड क्षेत्रमा पर्ने पञ्चेश्वर गाउँपालिकामा सुरु भएको नेकपा एमाले बैतडी उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए।

पालिकास्तरिय प्रशिक्षणमा वडा कमिटीका पदाधिकारी, नगर र गाउँकमिटिका पदाधिकारीहरु सहभागी छ भने जिल्ला स्तरिय र प्रदेश तथा केन्द्रीयस्तरका नेताले प्रशिक्षण लिइरहेको एमाले प्रदेश कमिटी सदस्य धर्मान्द भट्टले बताए।

Leave A Reply

Your email address will not be published.