मेलौली नगरपालिका- २ सलेनामा दुत्या मेला

बैतडी-बैतडीको मेलौलीमा दुत्त्या मेला सम्पन्न भएको छ । मेलौली नगरपालिका वडा नं२ सलेना स्थित सलेना दुत्या गडामा हरेक बर्ष मंसिर शुक्ल द्वितीयाका दिन मेला लाग्ने गर्दछ। एक दिने मेला शान्तीपुर्ण वातावरणमा सम्पन्न भएको मेलौली वडा नं २ का वडा अध्यक्ष कृष्ण दत्त भट्टले बताउनुभयो ।

सलेना दुत्त्यामा स्थानियस्तरमा पाइने हलुवावेद, मदानीको पोरा, डोका, छाप्रा, सुन्तला, केरा, अम्बा लगायतका कृषि वस्तुहरु स्थानियहरुले खरिद विक्रि समेत गरिएको थियो ।

बैतडीका विभिन्न ठाउँबाट दुत्त्या हेर्न आउनेहरुको घुइचो लागेको थियो ।मेलामा आफन्तहरुसंग भेटघाट गर्ने, देउडा खेल्ने चलन समेत रही आएको छ।

Leave A Reply

Your email address will not be published.