बैतडीको मेलौलीका बिष्ट शुक्रवार रातिदेखी सम्पर्क बिहीन

बैतडी : मेलौलीमा एकजना सम्पर्क बिहीन भएका छन। मेलौली नगरपालिका–०८ कोटिगाँउ धरेराका ५२ वर्षीया प्रेम सिह बिष्ट शुक्रवार रातिदेखी सम्पर्क बिहीन भएका हुन।

शुक्रवार राति करिब २ बजेको समयमा घरबाट एक्कासी हिडेका बिष्ट अहिलेसम्म सम्पर्कमा आएका छैनन। घरमा कसैलाई केहि नभनी हिडेका बुवा अहिलेसम्म सम्पर्कमा नआएको उनका छोरा अशोक सिह बिष्टले जानकारी दिनुभयो।

छोरा बिष्टका अनुसार आफन्त, ईष्टमित्र र सबै ठाउमा खोजतलास गर्दापनि कतैबाट केहि खबर नआएको उनले बताए। बुवा हराएको बारेमा प्रहरीलाई खबर गर्ने काम भईरहेको र कति कतै कसैले देखेमा सम्पर्क नम्बर ९८४८७९१८५६ मा अथवा नजिकैको प्रहरीमा खबर गरिदिन आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.