बैतडी: मेलौलीमा हिमपात भएको छ। सोमबार बिहान करिब ७ बजेदेखि हिमपात भइरहेको छ। हिमपातका कारण अत्यधिक चिसो बढेको छ।
मेलौली भगवती मन्दिर लगायतका आसपासका क्षेत्रमा हिमपात भएको हो। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हिमपात र वर्षा हल्का खालको रहेको जनाएको छ ।