बैतडीमा भारतबाट ल्याइएका भन्सार छलीका समान बरामद

बैतडीमा भन्सार छलीका समान बरामद गरिएको छ। दसरथचन्द नगरपालिका स्थित अदरपिण्डा सडक किनारबाट भारतबाट ल्याइएको भन्सारछलीको समान बरामद गरिएको छ।

जिल्लाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सारछली गरी ल्याइएको अन्दाजी ४२ हजार ५०० बराबरको अबैध रुपमा ल्याईएको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

चिनी, मिस्री, गुड, गुडपट्टी, दाल, चक्लेट, बिडी, चप्पल र बदाम सडक छेउमा बेबारीसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। समान बेबारिसे फेला पर्ने तर त्यस्को समान धनी कहिले पनि फेला नपर्ने बैतडी प्रहरी र शसस्त्र प्रहरीको तथ्यांक छ।

Leave A Reply

Your email address will not be published.