नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कुनै पनि खेल रहेका छैनन। मंसिर १५ गतेदेखि सुरू भएको एनपीएलमा सोमबार भने रेस्ट डे राखिएको हो।
अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन। जसमध्ये जनकपुर बोल्टसले अपराजित हुँदै चौथो पटक पनि खेल जितेको छ।
अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चितवन राइनोजले बाजी मारेको थियो।
जनकपुर शिर्ष स्थानमा छ। सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छ।