बैतडी: मेलौलीको बसपार्क निमार्ण कार्य सञ्चालन भईरहेको छ। बसपार्क निर्माणको कार्य सुरु भएसगैँ मेलौली नगरपालिकाले कित्ता नं. ५१ मा पर्ने संरचना हटाउन निर्देशन दिएको छ।
नगर कार्यपालिकाको निर्णय अनुसार ३० दिनभित्र अर्थात पौष २३ गतेसम्म संरचना हटाउन आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो। सोमबार नगरपालिकाले एक सुचना जारी गर्दै कित्ता नं. ५१ मा पर्ने सम्पूर्ण घर, टहरा तथा संरचनाहरु हटाउन आग्रह गरेको हो।
यहि मंसिर ११ गते बसेको कार्यपालिकाले बैठकले ३० दिनको म्याद राखि संरचनाहरु हटाउने निर्णय गरेको थियो। सोहि निर्णय बमोजिम कित्ता नं. ५१ मा निर्माण गरिएको घर तथा टहराहरु सम्बीन्धत ब्यक्तिहरुले हटाई बसपार्क निर्माणमा सहयोग गरिदिन नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले जारी गरेको सुचनालाई अवज्ञा गरेमा कानुन बमोजिम अगाडी बढ्ने जनाईएको छ।
