बैतडीको शिवनाथमा आँखा शिविर सञ्चालन हुदैँ

बैतडी: शिवनाथ गाउँपालिका–०१ मा आँखा शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको आयोजना र धनगढी कैलाली तथा च्यारिटि हेल्थ फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा यहि मंसिर २७ र २८ गते आँखा शिविर सञ्चालन हुने नित्तिम प्रमुख प्रशासकिय अधिकृत दिनेश साउदले बताउनुभयो।

शिविर वडा कार्यालयमा बिहान १० बजेदेखी दिउसो ३ बजेसम्म सञ्चालन हुने छ। शिविरमा नजिकको लेखपढ गर्न सक्ने चस्मा र औषधि वितरण हुने जनाईएको छ।

आँखा सम्बन्धि जटिल समस्या भएका ब्यक्तिहरुलाई धनगढी नेत्रालय कैलालीमा निःशुल्क सल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ। शिविरमा सेवा लिनहुन गाउँपालिकाले अनुरोध गरेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.