दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–५ मल्तडी बस्ने ३१ वर्षीय बिरराम लुहारको मृत्यु भएको हो। आफन्तलाई लिन जाने क्रममा घरबाट अन्दाजी ५ सय मिटर टाढा रहेको जेवलाधार भिरबाट लडेर १५० मिटर तल खस्दा लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.