मेलौली ७ मा हुने भनिएका वडास्तरीय खेलकुद प्रतियोगिता तत्कालको लागि स्थगित

बैतडी: मेलौली नगरपालिका–०७ मा हुने भनिएका वडास्तरीय खेलकुद प्रतियोगिताहरु तत्कालको लागि स्थगित गरिएका छन। विभिद कारणले अर्को सुचना जारी नभएसम्म खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको खेलकुद संयोजक बिरेन्द्र बहादुर चन्दले बताउनुभयो।

यहि मंसिर २९ गतेदेखी भरतपुर माध्यमिक विद्यालय गाउँकोटको खेलमैदानमा वडास्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन हुने तय गरिएको थियो। पालिकास्तरीय कागजी प्रक्रियामा केहि दिन समय लाग्ने भएकाले प्रतियोगिताहरु स्थगित गरिएको जनाईएको छ।

वडाले यू–१६ टि १० क्रिकेट, महिला खुल्ला भलिवल र जेष्ठ नागरीक १०० मिटर दौड प्रतियोगिताको आयोजना गरेको छ।

Leave A Reply

Your email address will not be published.