बैतडी : मेलौलीमा स्थानीय भुमि निति सम्बन्धी सरोकारवालासंग संवाद कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय भुमि अधिकार मञ्च नेपालको आयोजनामा एकदिने स्थानीय भुमि निति सम्बन्धी संवाद कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय भुमि अधिकार मञ्च नेपालका केन्द्रिय सदस्य सुर्जा लुहारको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्ञ्चालन गरिएको थियो। स्थानीय तहमा भुमि निति कार्यान्वय सम्बन्धी जानकारी र छलफल गरिएको राष्ट्रिय भुमि अधिकार मञ्च नेपालका स्रोत ब्यक्ति नरिराम लुहारले बताउनुभयो।
कार्यक्रममा भुमि व्यवस्थापन, जमिनको मुल्याङकन, भुमिलाई कृर्षि योग्य बनाउने तरिका, भुमि निति आवश्यक लगायतका बारेमा जानकारी एवं छलफल गरिएको जनाईएको छ। यसैगरी स्थानीय तहले बाजो जमिनलाई खेतियोग्य बनाउन कसरी भुमिका खेल्न सकिन्छ भनेर पनि छलफल गरिएको थियो।
कार्यक्रममा मेलौली नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, पालिका शाखाका प्रमुख एवं प्रतिनिधि, डडेल्धुराको भागेश्वर गाउँपालिका कार्यपालिका सदस्य रमेश दयालको सहभागिता रहेको थियो। यसैगरी बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षक, बिभिन्न सघं सस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको सहभागिता रहेको थियो।


