डडेलधुराको नवदुर्गाका अभिभावक विहीन ९४ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

डडेलधुरा–डडेलधुराको नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०७४र७५ देखि गाउँपालिकाले भत्ता प्रदान गर्दै आएको हो । पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही एक हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ ।

भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धार कोषमार्पmत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।

Leave A Reply

Your email address will not be published.