बैतडीमा सम्पन्न २१ औं संस्करणको रेडियन्ट ग्याँस बिडिसिए इलाइट कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणशैनी युवा क्लब९एनआरवाइसी०ले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा पञ्चकोटी युवा क्लबमाथी १९९ रनले हराउँदै एनआरवाइसीले उपाधि हात पार्यो।
उपाधिसंगै एनआरवाइसीले १ लाख पुरस्कार पायो भने पञ्चकोटीले ५० हजारमा चित्त बुझायो। दशरथचन्द खेलमैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनआरवाइसीले निर्धारित ४० ओभरमा ९ विकेटको क्षतिमा २८६ रन बनायो। जसमा सुरज बोहराले शतकीय पारी खेले। म्यान अफ द फाइनल समेत सुरजले अविजित १६९ रन बनाए। यस्तै सचिन भट्टले ४६ रनको योगदान गरे।
पञ्चकोटीका गोविन्द थापा,सुमित बुडाल र सुरज बुडालले ३र३ विकेट लिए। जवाफी ब्याटिङ गरेको पञ्चकोटी १९।२ ओभरमा ८७ रनमा समेटियो। उसका जीवन कार्कीले सर्वाधिक ३४ रन हिर्काए। एनआरवाइसीका मदन चन्दले ५,राम चन्द र सचिन भट्टले २र२ झारे।
बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर २० गतेदेखि सुरू भएको यो प्रतियोगितालाई प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट छनौटको रूपमा समेत लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो।
गत वर्ष सम्पन्न २० औ संस्करणको बिडिसिए कपको उपाधि दशरथचन्द क्रिकेट एकेडेमीलाई १ विकेटले स्तब्ध पार्दै निङ्गलाशैनी क्रिकेट क्लबले जितेको थियो।