बैतडी : शिवनाथमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो अधिबेशन सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन गाउँकार्यसमिति अध्यक्ष प्रेमसिह चाड्को अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति बैतडीका अध्यक्ष प्रेमराज भट्टको प्रमुख आतिथ्यमा अधिबेशन सञ्चालन गरिएको थियो।
अधिबेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ। दिपेन्द्र बहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरिएको हिस्टुन केन्द्रिय कमिटि सचिव अर्जुन कुवरले बताउनुभयो।
यसैगरी संगठनको उपाध्यक्षमा सुरेशराम तिरुवा, महिला उपाध्यक्षमा जानकी तिरुवा, सचिवमा मेघनाथ कलौनी, कोषाध्यक्षमा गोविन्दराज जोशीसहित १७ सदस्यीय समिति चयन गरिएको जनाईएको छ।