मेलौलीमा नगर स्तरीय मुक्त हलिया सञ्जाल गठन, संयोजकमा दयाल चयन

बैतडी: मेलौलीमा नगरस्तरीय मुक्त हलिया सञ्जाल गठन गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज माहासघं नेपाल डडेल्धुराले र जिल्ला मुक्त हलिया समाज बैतडीको आयोजनामा नगरस्तरीय मुक्त हलिया सञ्जाल गठन गरिएको छ।

सोमबार मेलौली नगरपालिकाको सभाहलमा सञ्चालन गरिएको अभिमुखिकरण कार्यक्रमबाट १३ सदस्यीय समिति गठन गरिएको छ। पदम दयालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासघं नेपालका कार्यक्रम संयोजक तेजराम लुहारले बताउनुभयो।

यसैगरी समितिको उपसंयोजकमा गोरख राम ओड्, कृष्णराम लुहार, सचिवमा जित दयाल, सचिवमा सुनीदेवी पोखरेल, सहसचिवमा बिमला परियार, कोषाध्यक्षमा गिता पार्किलाई चयन गरिएको छ। सदस्यहरुमा दानिराम पाकि, जयदेब राम लुहार, करन राम पोखरेल, हरिकृष्ण राम लुहार, कस्तुरा सुनी, गोरख राम सार्किलाई चयन गरिएको जनाईएको छ।

मुक्त हलिया पुनःस्थापनाका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ। जिल्ला मुक्त हलिया समाज बैतडीका उपाध्यक्ष लछिराम लुहारको अध्यक्षता र राष्ट्रिय मुक्त हलिया समाज माहासघंका केन्द्रिय सदस्य रमेश कोलीको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।

यसैगरी कार्यक्रममा कार्यपालिका दलित सदस्यहरु बिशिष्ट अतिथि रहनु भएको थियो। कार्यक्रममा मेलौली नगरपालिकाभरीका सबै वडाबाट दुई/दुई जना सहभागि भएका थिए।

Leave A Reply

Your email address will not be published.