डडेल्धुराको परशुराममा मेयर–केयर कार्यक्रम सञ्चालन

बैतडी: डडेल्धुराको परशुराम नगरपालिकाले नगरपालिकाका १२ वटै वडाका वस्तीमा डाक्टर, मेयर केयर तथा गाउघर क्लिनिक सेवा सुरु गरेको छ। ग्रामीण तथा दुर्गम बस्तीमा पुगेर जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने गरि गाउँ-गाउँमा विशेषज्ञ डाक्टर सहित अल्ट्रासाउन्ड सेवा दिन लागेको नगरपालिकाको स्वास्थ्य साखाले जनाएको छ।

सोहि अन्तरगत सोमवार परशुराम नगरपालीका-१ को आधारभुत स्वास्थ सेवा केन्द्र बोडामा उक्त सेवा प्रदान गरिएको साखा प्रमुख हिक्मत वहादुर धामीले जानकारी दिनु भएको छ। वडा नं. १ का अध्यक्ष लाल वहादुर धामीको संयोजकत्वमा मेयर-केयर कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

उक्त कार्यक्रमवाट वडा नं. १ को दुर्गम बस्तीका ८३ महिला ४१ पुरुष गरि १२४ जनाले सेवा लिएको छन। पुनः वडा नं. १ मा नै पुस ७ गते मेयर केयर तथा स्वास्थ्य सिविर सञ्चालन हुने भएको छ।

Leave A Reply

Your email address will not be published.