बैतडीको शिवनाथका सुरेशराम सुनी भारतमै अस्ताए, परिवारको विचल्ली

बैतडी : रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक जना युवकको मृत्यु भएको छ।जिल्लाको शिवनाथ गाउँपालिका-१ स्वाल घर भई हाल भारतको हिमाञ्चलमा काम गर्दै आएका अन्दाजी ३७ बर्षीय सुरेशराम सुनीको मृत्यु भएको स्थानीय दशरथ चाडले जानकारी दिए।

परिवार सहित गएको ३ बर्ष यता हिमाञ्चलमा बस्दै आएका सुनीको बुधबार बिहान ९ बजेतिर रुखले च्यापिएर मृत्यु भएको उनले बताउनुभयो। रुख काट्ने क्रममा उक्त रुखमुनि च्यापिएर सुनीको मृत्यु भएको बताइएको छ।

मृतक सुनीका श्रीमती, तीन छोरी र दुई छोरा रहेका छन्। सुनीको मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ।

सुरेशको मृत्यु भएपछि त्यहाँ भएका आफन्तहरुको सहयोगमा उनको परिवारलाई नेपाल पठाउने तयारी गरिएको छ। घरको कमाउने मान्छेको निधन भएपछि सुनी परिवार विचल्लीमा परेको हो। उक्त पीडित परिवारलाई सहयोगका लागि सबैसंग आग्रह समेत गरिएको चाडले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.