बैतडी : नेपाली कांग्रेसको एकसय दिने विषेश अभियान डडेल्धुराको अजयमेरुमा पनि सञ्चालन भईरहेको छ। पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस अजयमेरुका सभपति टेकराज पाण्डेयले जानकारी दिनुभयो।
नेपाली कांग्रेस केन्द्रीय समितिले देशभर नै एक सय दिने विषेश अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अजयमेरुमा पनि अभियान सञ्चालन गरिएको हो।
अभियानकै क्रममा बिहीबार अजयमेरु गाउँपालिकाको वडा नं. ५ र ६ मा सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्ब मन्त्री डा. रण बहादुर रावलको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस अजयमेरुका सभपति पाण्डेयले बताउनुभयो।
सम्मेलनको अवसरमा नेकपा माओवादी पार्टी परित्याग गरि १६ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन। पार्टिमा प्रवेश गरेकालाई स्वागत गरिएको जनाईएको छ।
अभियानसगै नेपाली कांग्रेस डडेल्धुराको कृयासिल सदस्यता नबिकरण कार्ड पनि अजयमेरुबाट बितरण गर्ने कार्यको सुरुवात गरिएको छ। कृयासिल सदस्यता नबिकरण कार्ड प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्ब मन्त्री डा. रावलले वितरण गर्नुभयो।
वडामा कांग्रेसको अवस्था र भावी रणनीतिलगायतका विषयमा छलफल भएको जनाएको छ। कार्यक्रममा बिशिष्ट अथिती पुर्व जिबिस सभापति तथा नेपाली कांग्रेस पुर्व सभापति रगुवर भट्ट, नेपाली कांगेसको १०० दिने कार्यक्रमका संयोजक गुणाकर चटौत, अजयमेरु पालिका सभापति पाण्डेय, अजयमेरु गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, वडा नं. ५ का लागि जिल्ला प्रतिनिधि सन्तोस जौरु लगायतका नेता कार्यकर्ता सहभागि भएका थिए।