बैतडी : मेलौलीमा नगरस्तरीय आधारभुततह (६–८) निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिकाको आर्थीक सहयोग र दुर्गा माध्यमिक विद्यालय मेलौली नगरपालिका-०५ खलिगाडको आयोजनामा प्रतियोगिता सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक पदमराज जोशीले बताउनुभयो।
प्रतियोगितामा पालिका भरिका २१ विद्यालय मध्ये १७ विद्यालयका ३४ जना विद्यार्थी सहभागि भएका थिए। प्रत्येक विद्यालयबाट एकजना छात्र र एकजना छात्रा सहभागि रहेको प्रधानाध्यापक जोशीले बताउनुभयो।
प्रतियोगितामा शितलपुर माध्यमिक विद्यालय प्रथम, दुर्गा माध्यमिक विद्यालय दित्तीय, मणिलेक माध्यमिक विद्यालय तृत्तीय र बिजयपुर माध्यमिक विद्यालयले सान्त्वाना स्थान प्राप्त गरेको जनाईएको छ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ३ हजार सहित प्रमाणपत्र, दित्तिय हुनेलाई २ हजार सहित प्रमाणपत्र, तृतीय हुनेलाई १ हजार सहित प्रमाणपत्र र सान्त्वना हुने विद्यालयलाई ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको छ। विद्यार्थीहरुको क्षमता विकासमा टेवा पुग्ने उदेश्यले प्रतियोगिता सञ्चालन गरिएको मेलौली नगरपालिकाका कम्प्युर अपरेटर महेन्द्र सिह नायकले बताउनुभयो।
दुर्गा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलका सिह पुजाराको अध्यक्षता तथा बरिष्ट समाजसेबी रामदत्त जोशीको प्रमुख आतिथ्यमा विद्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिएको हो।