रास्वपा बैतडीको प्रथम जिल्ला भेला सम्पन्न, सभापतिमा नाथ चयन

बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीको सभापतिमा भिम नाथ (डिलाशैनी) चयन भएका छन्। शुक्रबार जिल्ला सदरमुकाममा सम्पन्न ऐतिहासिक प्रथम जिल्ला भेलाले नाथको सभापतित्वमा पूर्ण जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।

जिल्ला कमिटीको उपसभापतिमा इ. हेमन्त ऐर, सचिवमा हरिप्रशाद जोशी, सह-सचिवमा हिक्मत बहादु कठायत चयन भएका छन्। जिल्ला भेलामा केन्द्र सदस्य विजय जैरु, केन्द्र सदस्य जनक धामी, निती मन्थन विभाग सदस्य भोज राज जोशी र प्रदेश सह महामन्त्री गणेश बोहरा सहभागी थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तारलाई तिब्रता दिएको छ। बिहीबार डडेल्धुरा जिल्ला भेला पनि सम्पन्न गरेको छ। अधिकारी प्रविधिक क्षेत्रका युवाहरु यो पार्टीसंग जोएिको देखिन्छ।

Leave A Reply

Your email address will not be published.