इन्सेक बैतडीको बार्षिक समिक्षा बैठक सम्पन्न

बैतडी-अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीले नेपाल मानव अधिकार वर्ष पूस्तक २०२५ प्रकाशनपूर्व वार्षिक समिक्षा बैतठक सम्पन्न गरेको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)बैतडीले सन् २०२४ जनवरी देखी हाल सम्मका अभिलेखित घटनाहरुको बारेमा सरोकारवालाहरु संग बैठ्क गरेको हो।

बैठकमा अनौपचारीक क्षेत्र सेवा केन्द्र बैतडीका प्रतिनिधी नरी बडुले जिल्लाको स्वास्थ्य, शिक्षा, वतावरण, खानेपानी, वालअधिकार, महिला विरुद्धहुने सबै प्रकारका भेदभाव, दुव्र्यहार, बहुविवाह, कत्र्यव्य जान सम्वन्धि घटनाहरु प्रस्तुत गरेका थिए ।

यि घटनाहरुको बारेमा सरोकारवालाहरुले समिक्षा गरेका थिए । इन्सेक प्रतिनिधी बडुले प्रस्तुत गरेका घटनाहरुलाई केकसरी न्युनीकरण गर्न सकिने भन्ने विषयमा पनि सरोकारवालाहरुले छलफल गरी सुझाव दिएका थिए ।

बैठकमा जिल्ला अदालत, जिल्ला प्रशासन, जिल्ला प्रहरी, अनुसन्धान, अधिकारकर्मी, वारएसोसियसन र शिक्षा, स्वास्थ्यका प्रमुख एवम प्रतिनिधीहरुको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.