दार्चुलामा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु


फागुन ८, आइतबार २०७८
दार्चुला– दार्चुलामा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ का ५० बर्षीय धनसिंह धामीको मिलको फित्तामा बेरिएर ज्यान गएको हो । गहु, मकै पिसानीका लागि सञ्चालन गरेको आफ्नै मिलको फित्तममा बेरिएरे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आइतबार बिहान ९ बजेतिर आफ्नै मिलमा अन्न पिस्ने बेलो फित्तामा बेरिएर धामीको ज्यान गएको बताइएको छ । घटनाबारे थप अनुसन्धानका लगी इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायणसिंह बिष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ गएको छ ।

Leave A Reply

Your email address will not be published.