डडेल्धुराको परशुराम नगरपालिकाले छिटै जेष्ठनागरिकको निःशुल्क उपचार गर्ने भएको छ। विगतमा स्वास्थ्य विमा मार्फत निःशुल्क चेकजाँच हुने गरेको भएकोमा उक्त प्रकृयावाट जेष्ठ नागरिकलाइ समस्या हुने भएकोले अब जोगबुडा अस्पताल वाट निःशुल्क स्वास्थ्य सेवा दिइने परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले जानकारी दिनु भएको छ।
डडेल्धुराको परशुराम ३ शिर्षमा नगरपालिकाले आयोजना गरेको मेयर-केयर स्वास्थ्य विशेषज्ञ सिबिर कार्यक्रम मेयर जोशीले सो घोषाणा गर्नु भएको हो। वडा नं. ३ का करिव १ सय जनाले वडामै स्वास्थ्य जाँच सेवा लिएको साखा आधारभुत स्वास्थ्य सेवा केन्द्र शिर्षका प्रमुख युवराज डागिले जानकारी दिनु भएको छ।
नागरिकहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी नगर सरकारको सोहि अनरुप हरेक महिनाको पहिलो सोमवार जोगबुडा अस्पताल वाट विशेषज्ञ डा. सहितको टोली शिर्षमा आउने र नागरिकको स्वास्थ्य परिक्षण गरिने उहाले जानकारी दिनु भएको छ। नगरपालिकाले हरेक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण समेत गरि रहेको छ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यार्थी स्वास्थ्य प्रोफाइल राखेकोमा सोहि अनरुप यहाँको सबै विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरि अध्यावधिक गरिन लागिपरेको स्वास्थ्य साखा परशुरामका प्रमुख हिक्मत धामीले जानकारी दिनु भएको छ। आज नै वडा नं. ३ मा योजना सम्झौता गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा उपभोक्ता मार्फत सम्पन्न गरिने योजनाहरुको वडामै सम्झौता र भुक्तानी गर्ने नीति अनरुप कार्यक्रम सुरु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले बताउनु भएको छ।व डा नं. १०, ११, ८, ९, १, २, ६ र ३ मा सम्पन्न गरिएको छ।
पुस ९ गते वडा नं. ७ मा लगत्तै पुर्व सुचना अनुसार अन्य वडामा योजना सम्झौता गरिने उहाँले वताइन। यो पाली भुक्तानी समेत वडा वाटै गरिने र सामाजिक सुरक्षा भत्ता समेत वडावाटै वितरणका लागि तयारी सुरु गरिएको छ। विगट भुगोल, दुर्गम,बस्ती कति सुरक्षित हुन्छ यश विषयमा अध्ययन भइ रहेको उहाले जानकारी दिइन ।