डडेल्धुराको परशुराम नगरपालिकाका ४ स्थानमा अपाङ्गता भएका व्यक्ति छनौट सिविर सञ्चालन हुने भएको छ। परशुराम नगरपालिका स्वास्थ्य साखाको आयोजना तथा डडेल्धुरा अस्पताल र गोर्खा वयलफेयरको प्राबिधिक एवं आर्थिक सहयोगमा सिविर सञ्चालन हुने भएको हो।
उक्त सिबिर पुस १० गते आधारभुत स्वास्थ्य सेवा केन्द्र कटालमा, पुस १२ गते स्वास्थ्य चौकी सादनि, १४ गते आधारभुत स्वास्थ्य सेवा केन्द्र, कुरमुल्ले र पुस १५ गते जोगबुडा अस्पतालमा सञ्चालन हुने स्वास्थ्य साखा परशुरामका संयोजक हिक्मत वहादुर धामीले जानकारी दिनु भएको छ। आयोजक स्वास्थ्य साखाका अनुसार सिविरमा कान नसुन्ने, हिडडुल गर्न नसक्ने, अङ्गभङ्ग भएकाहरुको निस्शुल्क उपचार, आवस्यक साहयता सामग्री उपलब्धका लागि सिफारिस गरिने भएको छ।
सिविरमा परशुरामका कान नसुन्नेहरुको लागि ६३ जनालाई मेसिन र कृतिम सहयोगी १८ थान, कानको अप्रेसन ६ जनाको कोटा रहेको समेत आयोजकले जनाएको छ।