बैतडी: रोजगारीको सिलसिलामा भारतमै अस्ताएका सुरेशराम सुनीको परिवार आर्थीक संकटमा परेको छ। बैतडीकोे शिवनाथ गाउँपालिका–१ स्वाल निबासी सुनीको यहि पुष ३ गते भारतको हिमाञ्चलमा रुखमुनी च्यापिएर मृत्यु भएको थियो।
परिवार सहित गएको ३ बर्ष यता हिमाञ्चलमा काम गर्दै आएका ३७ बर्षीय सुनीको मृत्यु पश्चात परिवार समस्यामा परेको स्थानीय दशरथ चाडले जानकारी दिए। सुनीको मृत्यु पश्चात श्रीमती सहित तीन छोरी र दुई छोराको बिच्चलीको अवस्था आएको उहाले बताउनुभयो।
रुख काट्ने क्रममा उक्त रुखमुनि च्यापिएर सुनीको मृत्यु भएको थियो। घरको कमाउने मान्छेको निधन भएपछि सुनी परिवार विचल्लीमा परेको हो।
उक्त पीडित परिवारलाई सहयोगका लागि सबैसंग आग्रह समेत गरिएको चाडले बताउनुभयो।
सहयोग गर्नका लागि
नेपालका लागि खाता नम्बर Devendra singh saud 41815241400404 Nepal SBI BANK
भारतका लागि 8006502030 Bhupendra Singh saud G-Pay, phone pay