बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु


फागुन ९, सोमबार २०७८

बैतडी -बैतडीमा सोमबार अपरान्ह टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन्।

बैतडीको पाटन नगरपालिका(३, डबरामा काठ लिएर आउँदै गरेको टिप्पर दुर्घटना भएको हो। मृत्यु हुनेमा पाटन नगरपालिका ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

विष्ट र अवस्थी स्थानीय सिगास माविका विद्यार्थी हुन्। स्कुल सकेर घर फर्किरहेका विद्यार्थीहरु बीच बाटोमा टिप्परमा चढेका थिए। टिप्पर मोड्ने क्रममा अपरान्ह साढे ४ बजेतिर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

घाइते विद्यार्थीलाई उपचारका लागि डडेल्धुरा पठाइको उनले बताए।

Leave A Reply

Your email address will not be published.